गण्डकी प्रदेशमा करेन्ट लागेर एक जनाको मृत्यु, अर्को एक जनाको शव पानीमा तैरिएको अवस्थामा फेला

रासस
२०७७ जेष्ठ १५,बिहीबार १८:०६
file-photo

गण्डकी प्रदेशमा आज एक जना करेन्ट लागेर मृत्यु भएको छ भने अर्को एक जनाको पानीमा तैरीएको अवस्थामा शव भेटिएको छ ।  पोखरा महानगरपालिका वडा नं १३ दुईकुलाको मुहानमा आज एक जनाको शव फेला परेको हो । प्रदेश प्रहरी कार्यालयका अनुसार बेवारिसे अवस्थामा भेटिएका करिब ४५ वर्षका पुरुषको शव पानीमा तैरिएको अवस्थामा आज बिहान फेला परेको हो ।

त्यसैगरी आजै तनहुँमा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ । कपडा सुकाउने क्रममा बिजुलीको नाङ्गो तारमा छुन जाँदा बन्दीपुर गाउँपालिका वडा नं २ गोलडाँडाका ६५ वर्षीय गणेशबहादुर आलेको मृत्यु भएको हो । करेन्ट लागेर घाइते भएका उनको बन्दीपुर अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*