विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन बजेट विनियोजन

तु खबर संवाददाता
२०७७ जेष्ठ १५,बिहीबार १७:४७

मकवानपुर । कोरोना संक्रमणको जोखिम बढीरहेका बेला विदेशमा समस्यामा परेकालाई स्वदेश ल्याउन सरकारले बजेट विनियोजन गरेको छ ।
त्यसरी ल्याइएकाहरूलाई सिप सिकाउने घोषणा पनि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिएका छन् ।

कोरोना महामारीका कारण रोजगारी गुमाएर विदेशका धेरै अलपत्र छन्। आगामी आर्थिक वर्ष ०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमका लागि ११ अर्ब ६० करोड रकम विनियोजन गरिएको जानकारी दिए। यो कार्यक्रमबाट दुई लाखलाई रोजगारी दिने लक्ष्य सरकारको छ ।

आगामी वर्ष साना किसान कर्जाबाट ४० हजार रोजगारी सिर्जना गर्ने लक्ष्य पनि सरकारले लिएको छ । त्यस्तै ७५ हजार जनालाई सिपमूलक तालिम दिनका लागि ४ अर्ब ३४ करोड बजेट पनि विनियोजन भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*