नीति तथा कार्यक्रम – औद्योगिक क्षेत्रका लागि प्रदेश सरकारको तयारी यस्तो

तु खबर संवाददाता
२०७७ जेष्ठ १३,मंगलवार १३:५९
file-photo

बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले प्रदेशसभाको आजको बैठकमा बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०७७/०७८ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन् ।

नीति तथा कार्यक्रममा औद्योगिक क्षेत्रको स्थापना तथा विकास पनि समेटिएको छ ।

प्रदेशको उपत्यका बाहेक अन्य जिल्लाहरुमा औद्योगिक क्षेत्रलाई विस्तारीत गर्ने र मकवानपुरको मयुरधाप र मनहरी गाउँपालिकामा औद्योगिक क्षेत्रको स्थापना गरिएको एवम् चितवन जिल्लालाई धुलो दूग्घको पाउडर उत्पादन केन्द्र र गुणस्तरीय चकलेटको उत्पादन गर्ने उद्योगलाई प्राथमिकता दिइएको उक्त नीति तथा कार्यक्रममा उल्लेख छ ।

त्यसैगरी जननेता मदनकुमार भण्डारी र जीवराज आश्रीतको स्मृतिमा चितवन जिल्लाको दासढुंगा नारायण एकिकृत विकास परियोजनाको काम गुरुयोजना अनुसार अघि बढाइने प्रसाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*