नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । खुर्खेतमा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज मंगलबार थपिएका १२ सहित कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ।
सुर्खेतमा थपिएका १२ सहित नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ।
हालसम्म नेपालमा उपचार पछि स्वस्थ भएर घर फर्कनेको संख्या १ सय ५५ पुगेको छ भने कोरोना संक्रमणकै कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ ।