माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु

तु खबर संवाददाता
२०७७ जेष्ठ १०,शनिबार १८:२५

कैलाली । कैलालीमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।

माटोले ढिस्कोले पुरिँदा जिल्लाको बर्दगोरिया गाउँपालिका – ३ बुटकौवाकी ३६ वर्षीया डम्मरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

घर पोत्न माटो खन्ने क्रममा पुरिएर शनिबार बिहान उनको घटनास्थलमै मृत्यु भएको थियो ।

ढिस्कोले पुरिएर अन्य दुई जना पनि घाइते भएका थिए । घाइतेहरु १९ वर्षीय कल्पना खड्का र ९ वर्षीय सुनील ढुंगानाको अहिले घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*