मकवानपुरको छिमेकी जिल्लामा ६ जनालाई कोरोना संक्रमण पुष्टि

file photo
तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार २०:२४

बारा। नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बारा जिल्लाको सिम्रौनगढ नगरपालिका–६ स्थित क्वारेन्टाइनमा बसेका ६ जनामा कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।

सिम्रौनगढ नगरपालिका वडा नम्बर ७ का ३४, ३८ र ४५, वडा नम्बर ११ का २२, वडा नम्बर १ का २७ र वडा नम्बर २ का २५ वर्षका ६ जनालाई संक्रमण भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*