बाँकेमा मात्रै १४ संक्रमित थपिए

तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार १६:४९

काठमाडौँ । नेपालमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

आज बाँकेमा थप १४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी कैलालीका ३ जना, डडेल्धुराका एक जना, बैतडीका एक जना र मोरङ्का एक जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा आज एकैदिन ठूलो संख्यामा उपचारपछि स्वस्थ भएर घर फर्किएका छन् । आजमात्रै २१ जना स्वस्थ भएर घर फर्किएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
यससंगै नेपालमा उपचारपछि घर फर्कनेको संख्या ७० पुगेको छ । नेपालमा संक्रमणकै कारण ३ जनाको मृत्यु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*