नेपालमा कोरोना संक्रमितको संख्या ५ सय नाघ्यो

तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार १६:३९

नेपालमा कोरोना संक्रमितको संख्या पाँच सय नाघेको छ । आज थप २० जनामा कोरोना संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या ५ सय ७ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका छन्. ।

नेपालमा हालसम्म पीसीआर प्रविधिबाट ४२ हजार ४ सय ८८ जनाको र ८२ हजार १ सय १६ जनाको आरडीटी प्रविधिबाट कोरोना परीक्षण गरिएको उनले जानकारी दिए ।

उनका अनुसार नेपालमा हालसम्म उपचारपछि स्वस्थ भएर घर फर्कनेको संख्या ७० जना पुगेको छ भने ३ जनाको कोरोनाकै संक्रमणबाट मृत्यु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*