नेपालमा थप २० जनामा कोरोना संक्रमण पुष्टि

तु खबर संवाददाता
२०७७ जेष्ठ ९,शुक्रबार १६:२६

नेपालमा थप २० जनमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।

उनका अनुसार आज थप भएका संक्रमितहरु बाँके, बैतडी , डडेल्धुराका र कैलालीका रहेका छन् ।

नेपालमा उपचार पछि निको भएर घर फर्कनेको संख्या ७० पुगेको छ भने ३ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*