जीवन र प्रेम

सन्दिप न्यौपाने / मकवानपुर
२०७७ जेष्ठ ५,सोमबार १७:१८

बोटविरुवा अक्सिजन प्रदान गर्दछ ।
आकाश ओझेल प्रदान गर्दछ ।
पृथ्वि वास प्रदान गर्दछ ।
के कहिल्यै जिवसंग अपेक्षा गर्दछ ?

चन्द्र शितलता प्रदान गर्दछ ।
सुर्य ताप प्रदान गर्दछ ।
झरना आनन्दता प्रदान गर्दछ ।
के कहिल्यै प्राणिसंग अपेक्षा गर्दछ ?

प्रेमले कसैसंग कसरी अपेक्षा गर्दछ,
के आमाले कसैसंग अपेक्षा गर्छिन् ?
दिँदा प्राप्त हुने आनन्द प्रेम हो ।
बस् , यहि त जीवन हो ।

मैले के पाए, वास्ना हो ।
मैले के दिए, प्रेम हो ।
वर्तमानमा जे छ, त्यो जीवन हो ।
बस् , यहि त जीवन हो ।

रहस्य ज्ञाता भन्छ, देउ ।
वास्नालिप्त जिव भन्छ, लेउ ।
प्रेम एक, सश्लेषण
प्रेमको परिणाम, अद्घैत

प्रेम ब्रम्हाण्डमा सर्वत्र छ ।
यहिनै कुदरतको करिश्मा हो ।
पत्याउनुहुन्न हेर्नुस् ब्रम्हाण्डलाई ।
आकाश, पृथ्वि, चन्द्र, सुर्य अनि प्रकृतिलाई ।

मौन हुनु, रहस्य जान्नु,
जीवन हो र प्रेम हो ।
प्रथम अनि अन्तिम सत्य हो ।
बस, यहि प्रेम हो, यहि जीवन हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*