नेपालमा कोरोना संक्रमितको संख्या ३ सय ५७ पुग्यो

तु खबर संवाददाता
२०७७ जेष्ठ ५,सोमबार १६:४२
file photo

काठमाडौँ । नेपालमा आज थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नियमित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रलयका प्रवक्ता डाक्टर विकास देवकोटाले थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार बाँकेमा ४६ जना पुरुष र १ महिला गरी ४७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

त्यसैगरी मोरङस्थित प्रादेशिक प्रयोगशालामा गरिएको परीक्षणमा एक जना पुरुष, भैरहवाको प्रयोगशालामा गुल्मीका ४० वर्षीय पुरुष र धुलीखेल अस्पतालको प्रयोगशालामा धनुषाका एक जना, रौतहटका १ जना दाङका एक जना र धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

आज सोमबार विहान ९ जनामा कोरोना संक्तमण पुष्टि भएको थियो । बिहान संक्रमण पुष्टि भएका रौतहट र बारा जिल्लाका हुन् ।
यससंगै नेपालमा संक्रमितको संख्या ३ सय ५७ पुगेको छ भने उपचार पछि स्वस्थ भएर घर फर्कनेको संख्या ३६ जना पुगेको छ ।
२ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*