देशकै उत्कृष्ठ शिक्षक तालिम चलाउनेमा मकवानपुर

तु खबर संवाददाता
२०७७ जेष्ठ ४,आईतवार १६:५१

मकवानपुर । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरको नियमित प्रविधीमैत्री प्रशिक्षण कार्यक्रमको ३० औं सत्र सम्पन्न भएको छ । आज आइतबार संगठनका अध्यक्ष श्रीराम दाहालको अध्यक्षतामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो ।

प्रविधिमा आधारित गुगल मिट एपमार्फत सम्पन्न प्रशिक्षणलाई नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माले प्रशिक्षण दिएका थिए ।

प्रशिक्षणका क्रममा शर्माले शिक्षक नेतृत्व विकासमाथि प्रकाश पार्दै नेतामा भन्दा ज्यादा शिक्षकमा नेतृत्व क्षमता हुनुपर्नेमा जोड दिए ।

प्रशिक्षणका क्रममा आफ्नो धारणा राख्दै विभिन्न जिल्लाका नेतृत्वहरुले लकडाउनका क्रममा दैशकै सबैभन्दा लामो समय र उत्कृष्ठ तालिम चलाउनेमा मकवानपुर उत्कृष्ठ रहेको प्रशिक्षक शर्माले बताए ।

एक महिना लामो समय तालिम सञ्चालन गरेको शिक्षक संगठन मकवानपुरले जेष्ठ ५ गते शिक्षा, विज्ञान तथा प्रविधी मन्त्री माननीय गिरिराजमणी पोखरेलको प्रमुख आतिथ्यता तथा राष्ट्रिय समिति अध्यक्ष लक्ष्मण शर्माको विशेष आतिथ्यतामा समापन हुने भएको जिल्ला प्रचार विभाग प्रमुख सुनिल गौतमले बताए ।

उनका अनुसार, संगठनले यसपछि पनि लकडाउनलाई मध्यनजर गर्दै संगठन महिला विभाग तथा सहकारी विभाग र स्थानीय तहमा तालिम कार्यक्रम आयोजना गर्ने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*