हेटौंडामा लकडाउनका कारण रोकिएको खोप कार्यक्रम आजबाट सुचारु

तु खबर संवाददाता
२०७७ जेष्ठ १,बिहीबार १८:४७

मकवानपुर । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको राकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनका कारण रोकिएको खोप कार्यक्रम हेटौंडामा आजबाट पुनः सुचारु भएको छ ।

आजबाट सुचारु भएको खोप कार्यक्रमअन्तरगत हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ र ४ मा गरी ६४ जना बालबालिकाले खोप लगाएको उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरपालिकाका अनुसार, खोप पुनः सुचारु गरेको आज पहिलो दिन हेटौंडा उपमहानगरपालिकाका ३५ जनाबालबालिकाले डिपिटि खोप र हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का २९ जना बालबालिकाले डिपिटि, पिसिभी, एफआईपिभि खोप लगाएका हुन् ।

बाँकी वडाहरुमा पनि क्रमशः नियमित रुपमा खोप कार्यक्रम संचालन हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*