मामाघर नेपाललाई ह्यापी क्लबको सहयोग

तु खबर संवाददाता
२०७७ जेष्ठ १,बिहीबार १२:३७

मकवानपुर । मकवानपुरको हेटौंडामा स्थापित मामाघर नेपाललाई हेटौंडाका समाजसेवी महिलाहरुको समुह ‘ह्यापी क्लब’ ले आर्थिक सहयोग गरेको छ ।

सडक बालबालिकाको राहत उद्दार, परामर्श, आवासीय सुबिधा, शिक्षा, सीप र पारिवारिक पुनस्थापना गर्दै आएको मामाघर नेपाललाई ह्यापी क्लबले रु १० हजार रुपैयाँ सहयोग गरेको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लकडाउनको बेला मामाघर नेपालमा संरक्षित बालबालिकाहरुलाई समस्या नपरोस् भनेर सहयोग उपलब्ध गराइएको क्लबकी सचिव सकुन्तला सिं ले बताइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*