पत्रकारलाई स्वास्थ्य मन्त्रालय प्रवेशमा कडाइ

तु खबर संवाददाता
२०७७ बैशाख ३१,बुधबार १६:३९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारदेखि पत्रकारलाई मन्त्रालय प्रवेशमा कडाइ गरेको छ ।

यसअघि दिनहुँजसो समाचार संकलनका लागि परिचय पत्र देखाएर प्रवेश गर्ने गरेका पत्रकारलाई बुधबारदेखि थप कडाइ गरेको हो । उनीहरुलाई सुरक्षाकर्मीले गेटमा नै रोकेका छन् ।

स्रोतका अनुसार बुधबार स्वास्थ्य मन्त्रालयमा बसेको बैठकमा वरिष्ठ अधिकारीहरुले पत्रकारलाई नभेट्न र सूचना नदिन कर्मचारीहरुलाई निर्देशन नै दिएका थिए ।

अब पत्रकारले स्वास्थ्य मन्त्रालयमा प्रवेश पाउनका लागि मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की र प्रवक्ता डा.विकास देवकोटालाई सम्पर्क गर्नुपर्नेछ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*