हेटौँडा घर भएका काँग्रेस नेता प्रभात दाहाल काठमाडौँमा पक्राउ
मकवानपुर । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको भन्दै सरकारको विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघका नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा संघका सभापति राजिब ढुंगाना, महामन्त्री प्रभातकुमार दाहाललगायत काँग्रेसका एक सयभन्दा बढी नेता तथा कार्यकर्ता रहेका छन् ।
उनीहरुलाई प्रहरीले माइतीघर मण्डलाबाट पक्राउ गरी पुलिस क्लब लैजादै गरेको काँग्रेसलेजनाएको छ ।