बागमती प्रदेशका मुख्यमन्त्री पौडेलद्वारा हेटौंडामा सेनिटाइज टनेलको उद्घाटन

तु खबर संवाददाता
२०७७ बैशाख २२,सोमबार १५:२९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ स्थित रातोमाटे प्रहरी चेकपोष्टमा सवारीसाधनको लागि सेनिटाइज टनेलको आज सोमबार उद्घाटन गरिएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले रिवन काटेर उक्त टनेलको उद्घाटन गरेका हुन् ।

कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको त्रास दिनप्रतिदिन बढ्दै गएको र यसको रोकथाम तथा नियन्त्रणको लागि हेटौंडाको रातोमाटेमा बागमती प्रदेश सरकारको लगानी र मकवानपुर उद्योग वाणिज्य संघको संयोजनमा सेनिटाइज टनेलको स्थापना गरिएको हो ।

तराईका जिल्लाबाट मकवानपुर जिल्लामा भित्रिने सबै सवारीसाधनले उक्त चेकपोष्टको टनेलमा अनिर्वाय रुपमा सेनिटाइज गर्नुपर्नेछ ।

यसअघि रातोमाटेमा हेटौंडा उपमहानगरपालिकाले मानिसको लागि सेनिटाइज मेसिन जडान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*