मकवानपुरको दुई गाउँपालिकामा दादुराको प्रकोप, १५ वर्षसम्मका बालबालिकालाई रुवेला खोप लगाइने

file photo
तु खबर संवाददाता
२०७७ बैशाख २१,आईतवार १४:५१

मकवानपुर । मकवानपुर जिल्लाको दुई वटा गाउँपालिकामा दादुराको प्रकोप देखा परेको प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाएको छ ।

निर्देशनालय हेटौंडाका निर्देशक रमेश प्रसाद अधिकारीका अनुसार, मकवानपुरको कैलाश गाउँपालिका र राक्सिराङ गाउँपालिकामा यस रोगको प्रकोप देखा परेको हो ।

दादुराको प्रकोप देखापरेकाले दादुरा रुवेलाविरुद्धको खोप लगाउने तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्यायले जानकारी दिए ।

अब ६ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई दादुरा रुवेलाविरुद्धको खोप लगाउने भएको छ । यसअघि ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई लगाइने खोप ५ वर्षभन्दा माथिकोलाई पनि रोग देखापरेपछि १५ वर्षसम्मका बालबालिकालाई खोप लगाईने भएको हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*