भिरबाट लडेर मकवानपुरकी एक महिलाको मृत्यु

तु खबर संवाददाता
२०७७ बैशाख १७,बुधबार ०८:४९

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

भिरबाट लडेर कैलाश गाउँपालिका वडा नम्बर १ मानेडाँडा बस्ने सुबास थिङका श्रीमती ४१ वर्षीया गौरीमाया थिङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार (हिजो) बाख्रा चराउन गएका गौरीको मानेडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएको हो । उनी भिरबाट अन्दाजी ६० मिटर तल खसेकी थिइन् ।

मृतक गौरीको शव हाल हेटौंडा अस्पतालमा रहेको मकवानपुर प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*