काठमाडौँमा अलपत्र परेका मकवानपुरका ५ सय जनालाई घर फर्काउन १० वटा बस पठाइयो

सम्झना मगर / मकवानपुर
२०७७ बैशाख १३,शनिबार ०७:४२

मकवानपुर । कैलाश गाउँपालिकाले लकडाउनको कारण राजधानी काडमाडौँमा अलपत्र परेका ५ सय जनालाई मकवानपुर ल्याउने भएको छ ।

गाउँपालिकाले आज १० वटा यात्रुबहाक बस पठाएर ५ सय जनाको उद्दार गर्ने गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिए ।

राजधानीको चक्रपथका विभिन्न स्थानबाट कैलाश गाउँपालिका घर भएकाहरुको उद्दार गरिने भएको हो । अध्यक्ष मोक्तानका अनुसार गाउँपालिकाबाट ५ जनाको स्वास्थ्यकर्मीको टोली सोही बसमा जाने र यात्रुहरुको स्वास्थ्य परीक्षण गरेर मात्रै उद्दार गरीने छ ।

ज्वरो आएका विरामी रहेछन् भने हामी काठमाडौँमै बस्ने व्यवस्था मिलाउँछौँ – उनले भने ।

अन्य यात्रुहरुलाई पनि मास्क, सेनिटाइजर उपलब्ध गराउने र स्प्रे गरेर मात्रै ल्याइने अध्यक्ष मोक्तानले तु खबरलाई बताए ।

काठमाडौँबाट मकवानपुरका लागि गाडी दिउँसो २ बजे छुट्ने भएकोले अपलत्र परेकाहरु सम्पर्कमा आउन उनले अनुरोध समेत गरे ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*