मकवानपुरको कैलाश गाउँपालिकामा २३ जनाको आरडीटी परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

तु खबर संवाददाता
२०७७ बैशाख ६,शनिबार १८:२१

मकवानपुर ६ बैशाख । मकवानपुरको कैलाश गाउँपालिकामा आज २३ जनाको आरडीटी परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाका अध्यक्ष टंक मोक्तानले जानकारी दिएका छन् ।

गाउँपालिकालाई प्राप्त भएको २३ वटा किटबाट परीक्षण गरिएको अध्यक्ष मोक्तानले बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयबाट आएका २ जना र गाउँपालिकाकै ३ जना प्राविधिकसहितको टोलीको आरडीटी परीक्षण गरेका हुन् ।

गाउँपालिकामा विदेशबाट भित्रिएकाहरुको पनि कोरोना परीक्षण गर्न स्थानीयबासीहरुले माग गरेको अध्यक्ष मोक्तानको भनाई छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*