हेटौँडा अस्पतालमा आज विहान ४ बजे मनोज ढकालको मृत्यु

तु खबर संवाददाता
२०७७ बैशाख ४,बिहीबार ०८:३७

मकवानपुर ४ बैशाख । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ४ निबासी मनोज ढकालको आज विहान उपचारको क्रममा हेटौँडा अस्पतालमा मृत्यु भएको अस्पतालमा मेसु प्रविण श्रेष्ठले पुष्टी गर्नुभएको छ ।

दुर्घटनामा परेर गोडा भाँचिएपछि ढकाल हेटौँडा अस्पताल उपचारको लागि भर्ना हुनुभएको मेसु श्रेष्ठले बताउनुभयो । उहाँको सल्यक्रिया सफल भएको र आज विहान डिस्चार्ज गर्ने तयारी गरिएको भएपनि विहान ४ बजे प्रेसरको कारण उहाँलाई हृदयघात भएको मेसु श्रेष्ठले बताउनुभयो ।

के भएको थियो अस्पतालमा ?

उहाँको मृत्युभएको खबर सुन्नासाथ तु खबरले घटनाबारे बुझ्ने प्रयास गरेको छ । हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले ढकाललाई हिजो साँझ भेट गर्नुभएको उहाँ बताउनुहुन्छ । भेटमा ढकालको स्वास्थ्य अवस्थामा सुधार आएकोले डिस्चार्ज गर्ने तयारी भएको थियो उहाँले भन्नुभयो ।

आज विहान मृतक ढकालको दाई उहाँको रेखदेखका लागि अस्पतालमा रहनुभएको अध्यक्ष पौडेल बताउनुहुन्छ । मृतक ढकालले विहान ४ बजे शौचालय जान मन गरेपछि उहाँकै दाईले शौचालयसम्म पुर्याएको अध्यक्ष पौडेल बताउनुहुन्छ ।

लामो समयसम्म भाई बाहिर ननिस्किएपछि दाइले बोलाएको तर भाई बाहिन नआएपछि अस्पतालका नर्श र कर्मचारीको पहलमा ढोका खोलेर हेर्दा मृतक ढकाल शौचालयमा एउटा हात टेकेर लडिरहेको अवस्थामा फेला पर्नुभएको बुझियो – अध्यक्ष पौडेलले भन्नुभयो ।

उहाँ सुगर प्रेसरको विरामी हुनुहुँदो रहेछ । प्रेसरकै कारण उहाँको मृत्यु भएको हो । अस्पतालका अध्यक्ष पौडेलले तु खबरसंग भन्नुभयो ।

घटनाबारे तु खबरले मृतक ढकालको दाईसंग बुझ्ने प्रयास गरिरहेको छ । यद्यपी उहाँसंग कुराकानी हुन पाएको छैन ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*