कोरोना भाइरस र अस्तव्यस्त विश्व : एक समाजशास्त्रीय चिन्तन

तु खबर संवाददाता
२०७६ चैत्र ३०,आईतवार १४:३५

आज पूराका पूरा विश्व २०१९ को अन्त्यतिर चीनको हुवेइ प्रान्त अन्तर्गतको वुहान शहरबाट सुरुभएको कोरोना भाइरसको त्रासदीका कारण निम्तिएको विषम परिस्थितिको सामना गरिरहेको छ । चीनको बुहान शहरबाट एक मानिसदेखि अर्को मानिसमा संक्रमण शुरुभएको उक्त भाइरसले चिनियाँ बस्तीहरूमा आफ्नो प्रभाव देखाउँदै गर्दा बाँकी विश्व असभ्यताको बखान गर्न तल्लीन थियो ।

फलतः चिनियाँ मानिसहरूलाई नै कताकतै कोरोनाको बिम्ब बनाइयो र यातनाको प्रयाश पनि भयो । आज यो आलेख तयार पर्दा सम्म चिनियाँ शहर वुहानलाई लकडाउन फ्रि घोषणा गरिसकिएको छ भने अमेरिका र पश्चिमी युरोपका कतिपय शक्तिशाली भनिएका राष्ट्रहरूको स्वास्थ्य सेवा मात्र होइन सम्पूर्ण राज्य प्रणालीहरू नै अस्तव्यस्तताको सामना गरिरहेका छन् । कोरोना भाइरसको त्रासदी यति विघ्न भयो कि विकसित भनिएका कतिपय देशहरूले आफैंले स्थापना गरेका विश्वव्यापारका नियमहरूलाई लत्याउने काम समेत गरेर गरिबी र अभावमा हुने दरिद्रपनलाई मूर्तरुप दिए ।

उदाहरणका लागि अमेरिकी कम्पनीले जर्मनको कम्पनीलाई बेचेको स्वास्थ्य सामाग्री बीच बाटोबाटै स्वयंले क्याप्चर गरेर फिर्ता लगेको र भारतले अमेरिकाका केही राज्यमा कोरोनाको बिरामीको उपचारमा सहयोगी सिद्ध भएको भनेर मानेको हाइड्रोक्सीक्लोरोक्वीन एन्टी मलेरिया औषधीको निर्यात रोकेको र अमेरिकी राष्ट्रपतिको धम्कीपछि सुचारु गरेको घटनालाई यसमा जोड्न सकिन्छ ।

यसबाट सबैखाले सामाजिक देखि अन्तरदेशीय सम्बन्धहरू शक्ति र स्वार्थ सिद्ध गर्नका लागि मात्र हुन् भन्ने कुरालाई अभिव्यक्त गरि बाहिरी सतहमा नै ल्याइदिएको छ । सबै कुरा राम्रो चलेको बेलामा जो पनि साधु बन्छ, तर अभाव र दरिद्रतामा त्यही साधु क्रुर हुन पनि बेर लाग्दैन भन्ने कुरा यहाँ चरितार्थ हुन्छ ।

कोरोना भाइरसको संक्रमणलाई नियन्त्रण गर्ने लडाइँमा एशियाली मुलुकहरू विशेषतः चीन, ताइवान, कोरिया र सिंगापुर० ले सफलता देखाएको मानिएको छ भने पश्चिमा देशहरू ९विशेषतः इटाली, स्पेन, अमेरिका, फ्रान्स, बलायत, जर्मनी आदि० ले आजका दिन सम्म ठूलो नरसंहार भोगिरहेका छन् । चीन पछि गणतन्त्र कोरिया, त्यसपछि जर्मनी र पश्चिमी युरोप हुँदै संक्रमणको इपिसेन्टर संयुक्त राज्य अमेरिकालाई बनाउँदै भारतीय उपमहाद्विपलाई आफ्नो इपिसेन्टर बनाउनेतिर भाइरस द्रुरत्तर गतिमा अघि बढिरहेको भान हुन्छ ।

नेपालमा यो लेख तयार पार्दासम्म ९ जनामा मात्र संक्रमण भेटिएकोमा गत सातादेखि उक्त संख्या स्थिर रहेको छ । यसबाट भाइरसको संक्रमणलार्इ संस्कृति, धर्म, परम्परा, भूगोल, विचारधारा, जाति र राष्ट्रियता तथा आर्थिक सामाजिक अवस्थासँग जोड्नु केवल मनोगत र बौद्धिक दू्र्बलता बाहेक केही होइन भन्ने देखाएको छ ।

सोसियल कन्स्ट्रक्सन अफ डिजिजेज सम्बन्धि सिद्धान्तहरूले व्याख्या गरे अनुसार संक्रामक वा सरूवा रोगहरूलाई गरिबीको रोग भनेर चिनिन्छ, अर्थात् गरिअबीले ग्रसित समाजमा मात्र संक्रामक रोगहरूको सम्भावना हुन्छ । यसकारण पनि हुनसक्छ आफूलाई विकसित ठान्ने पश्चिमा मुलुकहरू आफ्नोमा संक्रामक रोगहरूको संक्रमण नहुनेमा ढुक्क थिए । पूर्वीय समाजहरूको तुलनामा अब्बल स्वास्थसेवा प्रणाली भएका पश्चिमा समाजहरू कोभिड १९ को नियन्त्रणमा किन अब्बल हुन सकेनन्, यसमा सामाजिक व्यवस्थाको के कस्तो योगदान छ, भन्ने जस्ता प्रश्नहरूको उत्तरको खोजी समयले पक्कै गर्ला ।

सर्वप्रथम चीनको हुवेइ प्रान्तमा उक्त भाइरस देखा पर्दा त्यसलाई भूगोल, खानपान र रहनसहनसँग जोडेर त्यसको बिम्ब बनाएर प्रश्तुत गरिएको थियो । उदाहरणका लागि त्यसलाई चिनियाँ मानिसहरूको खानपानको शैलीसँग चिनियाँहरूको मनपर्दी आहार विहार जोडिएको थियो, जुन अद्यापी अनुसन्धानको एउटा पाटोको रुपमा रहिनै रहेको कुरालाई नकार्न सकिन्न । पछि त्यसलाई धर्म र परम्परासँग पनि जोडियो जोडियो । उदाहरणका लागि कतिपयले कुनै धर्मविशेषका आस्थावान मानिसलाई संक्रमण नहुने र संक्रमण भएतापनि गडफादरसँगै स्वर्ग गइने अन्धविश्वासद्वारा निर्देशित भएर ठूलो समाजमा संक्रमण सारिदिए ।

यो घटना गणतन्त्र कोरियाको थियो । नेपाली समाजमा पनि अद्यापी कोरोना भाइरस गैजा भन्दै फू-फू र थु-थु गर्नेदेखि लिएर भाइरस भगाउने निउँमा जिउँदो बोकाको रगत चुस्दै वायु वक्ने र खलीखाने सम्मका कर्महरूले स्थान पाइनै राखेका छन् । नेपालमा कोरोना भाइरस विभिन्न कारणले संक्रमण हुन नसक्ने केही मनगणन्ते विचारहरूले पनि आमसंचारका साधनहरूमा प्रश्रय पाइनैराखेका छन् ।

केही शक्तिशाली राष्ट्रहरूले त कोरोना भाइरसलाई वुहान भाइसर नामाकरण गर्नुपर्ने प्रस्ताव समेत पेश गर्न भ्याए । यो भाइरस विभिन्न संस्कार र संस्कृति, धर्म र परम्परा, जातियता, भूगोल, वैचारिकता र राष्ट्रियताका लागि मात्र होइन एक्काइसौं शताब्दीको समग्र मानव सभ्यताका लागि पनि चुनौति बनिराखेको छ । शक्तिशाली भनिएका अन्तरदेशीय संघसंस्था तथा राज्यहरू यसका अगाडि निस्काम सिद्ध भएका छन् । अर्कोतिर धार्मिक र सांस्कृतिक रुपमा संचालित धार्मिक कर्म एवं पूजापाठहरू कोरोना भइरसका कारण पूर्ण रुपमा रोकिएका छन् ।

उदाहरणका लागि नेपालमा लिच्छवीकालदेखि संचालन गर्दै आइरहेको भक्तपुरको विस्केट जात्रा कोरोनाका कारण रोकिएको छ । त्यस्तैगरिकन जनकपुरको जानकी मन्दिरमा रामनवमीको दिन बर्षेनी संचालन गरिने पूजाअर्चना पनि रोकिएको छ । यस्ता क्रियाकलाप रोकिँदा सामाजिक सम्बन्धमा पनि परिवर्तन गरिदिएको छ । कोरोनासँग आज शक्तिशाली र शक्तिविहीन सबै पराजित भएका छन् । यसले सांस्कृतिक कर्मकाण्डहरूको अनिवार्यतालाई पनि नकारिदिएको छ ।

जे होस्, कोरोना भाइरसलाई विश्वव्यापी महामारी घोषणा गरिसक्दा पनि त्यसलाई भूगोल विशेषको रोग भनेर वास्ता नगर्ने राष्ट्रहरू नै अहिले बढी समस्यामा परेका छन् । आज सम्म आइपुग्दा यसले ले धर्मका नाममा गरिने सामाजिक ढोङ्लाई मात्र होइन कि विज्ञानले विकास गरेका आधुनिक चिकित्सा पद्धतिलाई पनि चुनौति दिइराखेको छ । जनस्वास्थ्य क्षेत्रका विज्ञहरू यसको कुनै चिकित्सीय उपचार नभएको र संक्रमण हुनबाट आफूलाई बचाउनु नै यो रोगबाट बच्ने एकमात्र उपाय बताइरहेका छन् । व्यापारिक दृष्टिले खोलिएका अस्पतालहरू त अत्यावश्यक सामाग्री उपलब्ध नभएको भन्दै आफूले प्रदान गर्ने सेवाबाट पर भागिरहेका छन् ।

यसले आधुनिक चिकित्सा विज्ञानका नाममा मानवजातिमाथि भएको शोषणलाई पनि जरैदेखि उजागर गरिदिएको छ । समाजशास्त्री विलियम सी। ककरह्यामले भने जस्तै नाफा कमाउने उद्देश्यबाट परिचालित पुँजीवादी चिकित्सकीय प्रणाली लेजिस फेयर मेडिकल सिस्टम त्यहाँ सम्म पुग्न र सेवा लिनबाट बञ्चित गरीब मानिहरूको बीचमा ठूलो अन्तर भएको कुरा अमेरिकामा कोरोबाट संक्रमित मानिसहरू मध्ये अश्वेतहरू ९हिस्प्यानिक, एशियन र अफ्रिकन९अमेरिकन० को मृत्युदर श्वेतहरूको भन्दा धेरै माथि हुनुले पनि पुष्टी गर्दछ ।

एकातिर यति छोटो समयमा कोरोनाका कारण एकलाख भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ  यो लेख तयारपार्दा सम्म । स्वास्थ्यसेवा प्रदायक इन्स्टिच्युसनहरू अस्तव्यस्त भई मानवजातिलाई सेवा दिन सकिरहेका छैनन् भने अर्कोतिर राजनीति गर्नेहरू स्वास्थ्य संकट भन्दा यसबाट भविस्यमा निम्तिने आर्थिक संकट भयावह हुने कुरा गर्दै हिसाबकिताबमा व्यस्त देखिन्छन् ।

विगत चार दशक देखि यताको समकालीन विश्वलाई व्यापारिक एवं प्राविधिक अन्तर्निर्भतामा आधारित विश्वव्यापीकरणको युग नामाकरण गरिएको थियो । तर अहिले कोरोना भइरसका कारण व्यापार र प्रविधिले जोडेको राज्यभित्रका निकायहरू देखि अन्तरदेशीय प्रणालीहरू अस्तव्यस्त भएका छन् । त्यसैगरिकन अन्तरदेशीय प्रणालीका निर्माता देखि अन्य हिमायतीहरू आफैंले बनाएको व्यापारको नियम मिचेर आफ्नो फाइदाका लागि लागिपरेका छन् । यो अस्तव्यस्तता र यसमा विश्वका सबै र विशेषगरी नेतृत्वदायी राष्ट्रहरूको आर्थिक संकटसँग जोडेर यसलाई विश्वव्यापीकरणको युगको अन्त्यको लक्षण पनि भनेका छन् ।

तर कोरोना भाइरले नयाँ खालको विश्वव्यवस्थाको थालनी पनि गरिदिको छ । विश्वका मानिसहरूलाई एउटा मानवताको सन्देश पनि दिएको छ, जुन सबैखालका मान सिमानाहरूलाई पार गर्दै केवल मानव कल्याणका लागि जुटोस् । प्रारम्भमा शक्तिका केही खेलाडिहरूले भाइरसलाई यसले केवल कुनै संकृति, राष्ट्र, विचार, धर्म, भूगोल र राष्ट्रियता विशेषमा मात्र प्रभाव पार्ने कोणबाट व्याख्या गरेको भएतापनि मानव निर्मित जातिय, सांस्कृतिक, वैचारिक, धार्मिक, तथा राष्ट्रिय पर्खाल नाघ्दै यी केवल मानव निर्मित पर्खालहरू हुन् र नयाँ व्यवस्थाका लागि मनवताले यी पर्खालहरू तोड्ने साहस गर्न सक्नुपर्दछ भन्ने सन्देश पनि यसले प्रवाह गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*