मकवानपुरमा चट्याङ लागेर १६ जना घाईते

तु खबर संवाददाता
२०७६ चैत्र ३०,आईतवार ०९:०१

मकवानपुर ३० चैत । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर ६ मा हिजो शनिबार साँझ चट्याङका कारण १६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक सुजन पाठकले दिनुभएको जानकारी अनुसार घाइतेहरु १६ जनाकै अवस्था सामान्य रहेको र उहाँहरुको अवस्था हेरेर घरमै र स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*