कोरोना संक्रमित भनिएका भारतीय नागरिक मकवानपुरको राक्सिराङमा भएको आशंका, अनुहार मिलेपछि स्थानीय त्रसित भए–अध्यक्ष मल्ल

तु खबर संवाददाता
२०७६ चैत्र २५,मंगलवार २०:५३

मकवानपुर २५ चैत । मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा १ जना भारतीय नागरिक फेला पर्नुभएको छ । आफ्नो नाम मात्रै बताउनसक्ने उहाँ किन र कति समयका लागि आउनुभएको हो भन्नेबारे कसैलाई पनि जानकारी छैन ।

भारतीय मिडियाले कोरोना संक्रमण देखिएपछि उपचार गराइरहेका एक जना नागरिक अस्पतालबाटै बेपत्ता भएको भन्दै बेपत्ता हुने नागरिकको खोजी कार्य गरिदिन अपिल गरिरहेका छन् ।

भारतमा खोजी भइरहेको व्यक्ति र राक्सिराङमा भेटिनुभएका व्यक्तिको अनुहार मिलेपछि राक्सिराङबासीले गाउँपालिका अध्यक्ष राजकुमार मल्ललाई जानकारी गराउनुभएको थियो ।

करिब ४ दिन अघिदेखि राक्सिराङमा देखिनुभएका ती व्यक्तिलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राख्न आफुले पहल गरिरहेको अध्यक्ष मल्लले तु खबरलाई जानकारी दिनुभयो ।

उहाँ खैराङमा भेटिनुभएकाले गाउँपालिकासम्म ल्याउन बाटोको कारण समस्या परेको मल्ल बताउनुहुन्छ । प्रहरी प्रशासनलाई जानकारी गराएको छु उहाँलाई छिट्टै नियन्त्रणमा लिएर क्वारेन्टाइनमा राखिन्छ मल्लले भन्नुभयो ।

मल्लले उहाँलाई देखेपछि स्थानीय त्रसित भएको जानकारी दिनुभएको छ । भारतीय मिडियामा देखेको व्यक्तिजस्तै देखिएकोले स्थानीय त्रसित भएको र आवश्यक अन्य छानबिनको काम भइरहेको गाउँपालिका अध्यक्षले मल्लले बताउनुभयो ।

उहाँलाई तत्कालै उद्दार गर्ने तयारी भइरहेको मल्लको भनाई छ । भारतीय मिडियामै देखिएको मानिस उहाँनै हो वा होइन भन्ने यकिन् गर्ने प्रयास भइरहेको पनि मल्लले बताउनुभयो ।

 

तस्वीरमा उल्लेखित अपिल भारतबाट जारी भएको भनिएको छ । तल ढुंगामा बस्नुभएको मानिस राक्सिराङ गाउँपालिका वडा नम्वर ९ मा भेटिनुभएको हो ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*