विपद्मा परेका नेपालीलाई स्वदेश फर्काउन सर्वोच्चको आदेश

तु खबर संवाददाता
२०७६ चैत्र २५,मंगलवार २०:२०

मकवानपुर २५ चैत । कोरोना संक्रमणको जोखिम बढेको समयमा विदेशमा रहेका नेपालीलाई फर्काउन सर्वोच्च अदालते आदेश दिएको छ ।

अदालतले विदेशमा खाना, बस्न र उपचारको समस्या झेलिरहेका नेपाली नागरिकलाई स्वदेश ल्याउने व्यवस्था मिलाउन नेपाल सरकारलाई आदेश जारी गरेको हो ।

सर्वोच्चका न्यायाधीशद्वय दीपककुमार कार्की र मनोजकुमार शर्माको संयुक्त इजलासले मंगलबार विपतमा परेर नेपाल फर्कन इच्छुक नागरिकका लागि यस्तो व्यवस्था गर्न आदेश दिएको हो ।

अदालतले स्वदेश फर्कनेहरूको अद्यावधिक लगत राखेर क्वारेन्टाइनमा राख्न समेत आदेश दिएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*