अनुगमन गर्न समन्वय समिति संयोजक खुलाल मनहरीमा

तु खबर संवाददाता
२०७६ चैत्र २५,मंगलवार १९:२१

मकवानपुर, २५ चैत । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले आज मंगलबार मकवानपुरको मनहरी गाउँपालिकाको अवलोकन गर्नुभएको छ ।

मनहरी गाउँपालिकाले कोरोना नियन्त्रणमा चालेका कदम, तयार पारिएको क्वारेन्टाइन, आइसोलेशनलगायतका बारेमा अनुगमन गर्नु भएको थियो ।

अनुगमनका क्रममा मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती तथा स्वास्थ्यकर्मी समेतले गाउँपालिकामा अहिलेको अवस्था एवम् भएका कामका बारेमा प्रमुख खुलाललाई जानकारी गराउनुभएको थियो ।

मनहरी गाउँपालिकाले गरेका कामहरु उल्लेख्य रहेको भन्दै प्रमुख खुलालले समन्वय समिति गाउँपालिकालाई आवश्यक सबै सहयोग गर्न क्रियाशील हुने बताउनुभएको खुलालका प्रेस संयोजक विवश अधिकारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*