अन्तर्राष्ट्रिय हवाई उडान बैशाख १८ गतेसम्म बन्द

तु खबर संवाददाता
२०७६ चैत्र २५,मंगलवार १८:००
file pgoto

मकवानपुर २५ चैत । कोरोना भाइरस संक्रमण रोकथाप तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडानलाई बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि बैशाख ३ सम्म सबै उडान स्थगित गरिएकोमा १५ दिन समय थप गरी बैशाख १८ गतेसम्म उडान स्थगित गर्ने निर्णय गरिएको हो ।

बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायण प्रसाद विडारीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*