गाँजा तस्करीमा नाम पोलिएपछि मेयर र नेकपा नगर अध्यक्षलाई पक्राउ पूर्जी

तु खबर संवाददाता
२०७६ चैत्र १८,मंगलवार १८:०५

रौतहट, १८ चैत । रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहतालाई पक्राउ गर्न प्रहरीले पूर्जी जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मेहतालाई पक्राउ गर्ने पूर्जी रौतहट प्रहरीलाई पठाएको हो ।

मेयर मेहताका भाई नेकपा नगर अध्यक्ष मोहन मेहताको नाममा पनि पक्राउ पूर्जी जारी भएको छ ।

गाँजा तस्करीमा संलग्न भएकोमा उहाँहरुमाथि अनुसन्धान गर्न पक्राउ पूर्जी जारी भएको हो । माघ ११ गते हेटौंडा १९ नेवारपानी प्रहरीले एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो गाँजा र ९१ हजारभन्दा बढी भारतीय रुपैयाँ बरामद गरेको थियो ।

बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा तीनवटा झोलाभित्र छवटा पोकामा गाँजा राखी मनहरीबाट हेटौँडातर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो।

एम्बुलेन्सका चालकसहित थप २ जनालाई प्रहरीले पक्राउ गरेको थियो भने उहाँहरुकै बयानका आधारमा अदालतले मेयर मेहता र उहाँका भाइलाई पक्राउ गर्न आदेश जारी भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*