कोरोना परीक्षण गर्ने मेसिन चारवटा प्रदेशले पाउने

तु खबर संवाददाता
२०७६ चैत्र १६,आईतवार १६:५४

काठमाडौँ १६ चैत । कोरोना भाइरस संक्रमण परिक्षण गर्ने मेसिन ४ वटा प्रदेशले पाउने भएको छ । चीनबाट ल्याइएको उक्त मेसिन २, ५, कर्णाली र सुदूरपश्चिम प्रदेशले पाउने भएको हो ।

कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसेको बैठकले प्रदेश ५ को बुटवल वा नेपालगञ्ज तथा कर्णालीको सुर्खेतमा ल्याब स्थापना गर्ने निर्णय गरेको हो । प्रदेश १ को धरानमा परीक्षण सुरु भइसकेको छ ।

चीनबाट ल्याइएको पाँचवटा पीसीआर मेसिनमध्ये एक थान भने हाल काठमाडौंमा नै राखिनेछ ।

‘यो भोलिका दिन जहाँ बढी जरुरत हुन्छ, त्यहाँ पठाइनेछ’ समिति सचिवालयका प्रवक्ता एवं प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारी जानकारी दिनुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*