बागमती प्रदेशका सबै स्थानीय तहलाई २५ लाख उपलब्ध गराउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसको माग

तस्बिर - अन्जन दाहाल
तु खबर संवाददाता
२०७६ चैत्र १६,आईतवार १६:४७

मकवानपुर १६ चैत । बागमती प्रदेशका सबै स्थानीय तहलाई २५ लाख उपलब्ध गराउन प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले माग गरेको छ ।

लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुरलाई सहयोग गर्न बागमती प्रदेशका सबै स्थानीय तहलाई २५ लाख उपलब्ध गराउन काँग्रेस संसदीय दलले प्रदेश सरकारसँग माग गरेको हो ।

काँग्रेस संसदीय दलले आइतबार ध्यानाकर्षण जारी गर्दै प्रदेश सरकारले तत्काल सहयोग उपलब्ध गराउनुपर्ने उल्लेख गरेको छ ।

काँग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँद्वारा जारी पत्रमा प्रदेश सरकारसमक्ष प्रमुख प्रतिपक्षले ६ वटा बुँदामा ध्यानाकर्षण गरेको छ ।

जसमध्ये दैनिक उपभोग्य सामाग्री आम सर्वसाधारणलाई सहज उपलब्ध गराउने, उद्योग कलकाराखाना बन्द हुँदा उद्योगी व्यवसायीलाई पुगेको क्षति कम गर्न सहुलियतका प्याकेज ल्याउनुपर्ने र प्रदेशका १३ वटै जिल्लामा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री यथासिघ्र उपलब्ध गराउनुपर्ने काँग्रेसले माग गरेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*