क्वारेन्टाइनमा नबसे सरकारले कैद गर्ने

तु खबर संवाददाता
२०७६ चैत्र १६,आईतवार १६:३८

मकवानपुर १६ चैत । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्च स्तरीय समन्वय समितिको बैठकले क्वारेन्टाइनबाट भाग्ने, बस्न नमान्नेलाई संक्रमण रोग ऐन बमोजिम कैद सजाय गरिने निर्णय गरेको छ ।

उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले संक्रमणको जोखिमलाई मध्येनजर गर्दै क्वारेन्टाइनमा बस्न नमान्ने, विदेशबाट आइ सरकारको सम्पर्कमा नआउनेहरुलाई कैदसम्मको सजाय गर्ने निर्णय गरेको हो ।

चैत १ बाट नेपाल आएकाहरुलाई होम क्वारेन्टाइनमा बस्न अनिर्वाय गरिएको थियो । तर अहिले पनि धेरैले त्यसलाई पलना गर्नुभएको छैन ।
साथै पछिल्लो समय कोरोना भाइरसको संक्रमण देखिएकाहरुसँग विदेशबाट विमानमा यात्रा गरेकाहरु अझै पनि सरकारको सम्पर्कमा पनि आउनुभएको छैन ।

‘संक्रमित भएर पनि लुकेर बस्ने, जति सम्पर्क गर्दा पनि नआउने प्रवृत्ति देखिएकाले संक्रमण रोग ऐनको दफाअनुसार कडा कैद सजाय गर्ने निर्णय भएको छ’ समिति सचिवालयका प्रवक्ता सचिव नारायण विडारीले भन्नुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*