लकडाउन १४ दिन थप्ने उच्च स्तरीय समन्वय समितिको निर्णय

तु खबर संवाददाता
२०७६ चैत्र १६,आईतवार १५:४९

मकवानपुर १६ चैत । कोरोना रोकथाम तथा नियन्त्रणका लागि गठन गरिएको उच्च स्तरीय समन्वय समितिको बैठकले लकडाउन समय थप्ने निर्णय गरेको छ ।

समितिको आज बसेको बैठकले लकडाउन बढीमा १४ दिन थप्ने निर्णय गरेको हो । उक्त समितिले गरेको निर्णय मन्त्रिपरिषद् बैठकमा पठाइएको छ ।

आज आइतबार ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकमा समितिले गरेको निर्णय पेश गरिने छ । समितिले ७ देखि १४ दिनसम्म लकडाउनको समय थप्ने निर्णय गरेको हो ।

समितिको निर्णयलाई मन्तिपरिषद् बैठकले स्वीकृत गरेसंगै लकडाउनको थप समय कार्यान्वयन हुनेछ ।

यसअघि सरकारले ७ दिन लकडाउन गर्ने निर्णय गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*