बुटवलको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु

तु खबर संवाददाता
२०७६ चैत्र १६,आईतवार १५:२९

काठमाडौँ १६ चैत । बुटवलको रुपन्देहीस्थित कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ ।

पाल्पा स्थायी घर हुनुभएका ३३ बर्षका युवकको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराईले जानकारी दिनुभयो ।

उहाँलाई कोरोना भाइरस संक्रमणको पुष्टि भने नभएको उहाँले जानकारी दिनुभयो ।

ज्वरो आएपछि स्थानीय मेडिकल हलमा चेकजाँच गराउनुभएको उहाँ चैत १३ गते लुम्बिनी प्रादेशिक अस्पताल अन्तर्गतको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना हुनुभएको थियो ।

उहाँको स्वाब परिक्षणको लागि काठमाडौँ पठाइएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*