हेटौँडामा भोलीबाट मासु पसल खुल्ने, कुखुराको मासु प्रतिकेजी कति ?

तु खबर संवाददाता
२०७६ चैत्र १५,शनिबार १५:३१

मकवानपुर १५ चैत । भोली चैत १६ गतेबाट हेटौँडामा माछा– मासु पसल संचालन हुने भएको छ । आज मकवानपुर उद्योग वाणिज्य संघ र व्यवसायीबीच भएको छलफलमा माछा–मासु पसल संचालन गर्ने विषयमा निर्णय भएको छ ।

मउवा संघका अध्यक्ष कृष्ण कटुवालको नेतृत्वमा आज बसेको बैठकमा पोल्ट्री व्यावसायीहरुले आफुहरु अत्यन्तै अप्ठेरो अवस्थामा रहेको भन्दै विक्रि वितरणको वातावरण सहज बनाउनुपर्ने माग राख्नुभएको थियो ।

आजको बैठकले बिहान ६ बजेदेखि १० बजे सम्म र बेलुकी ४ बजेदेखि ८ बजेसम्म माछामासु पसल खोल्नमिल्ने गरी निर्णय गरेको छ ।

साथै कुखुराको मासुको मुल्य समेत बैठकले निर्धारण गरेको मउवा संघका वरिष्ठ उपाध्यक्ष माधव न्यौपानेले तु खबरलाई जानकारी
दिनुभयो ।

उहाँको अनुसार कुखुराको मासु प्रतिकेजी २ सय ५० कायम गरिएको छ ।

कुखुरा व्यवसायी संघ मकवानपुरका अध्यक्ष राजु अधिकारीले पनि विहान बेलुका सुरक्षित तवरले मासु पसल खोल्ने निर्णय भएको जानकारी दिनुभयो ।

सेनेटाइजर, मास्कको प्रयोग गर्ने र दुरी कायम गरी ग्राहकलाई सेवा दिने निर्णय भएको उहाँको भनाई छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*