रिचार्ज बराबर बोनस ब्यालेन्स दिने नेपाल टेलिकमको निर्णय

तु खबर संवाददाता
२०७६ चैत्र १३,बिहीबार १०:४४

काठमाडौँ, १३ चैत । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिजार्च गरे बराबरकै ब्यालेन्स बोनसमा दिने निर्णय गरेको छ । यो व्यवस्था हिजो रातिबाट लागू भइसकेको छ ।
नेपाल दूर सञ्चार प्राधिकरण नेपाल टेलिकमलगायतका सेवा प्रादायक सस्थालाई थप बोनस दिन निर्देशन दिएको थियो ।

यो बोनसबापतको रकमबाट टेलिकमबाहेकका नेटवर्कमा कुरा गर्न भने प्रयोग गर्न नसकिने नेपाल टेलिकमले जनाएको छ ।

मुलुक लकडाउनको अवस्थामा रहेकोले नागरिकलाई सहज गर्न यस्तो बोनसको व्यवस्था गरिएको हो । डाटा चलाउन र एसएमएस गर्न यस्तो बोनस रकम प्रयोग गर्न सकिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*