स्पेनमा कोरोना संक्रमणबाट गत २४ घण्टामा ७ सय ३८ जनाको मृत्यु

२०७६ चैत्र १२,बुधबार १९:१८

मकवानपुर १२ चैत । कोरोना भाइरसको कारण स्पेनमा एकै दिनमा ७ सय ३८ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा ७ सय ३८ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन् ।

हालसम्म स्पेनमा ३ हजार ४ सय ३४ जनाको मृत्यु भइसकेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी चीनमा कोरोनाको कारण कारण ३ हजार २ सय ८७ जनाको मृत्यु भएको छ भने इटालीमा ६ हजार ८ सय २० जनाको मृत्यु भएको तथ्याङ्क छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*