फलोअप – कोरोना विशेष अस्पताल भरतपुरमा मकवानपुरका युवक भर्ना

२०७६ चैत्र १२,बुधबार १८:५६

मकवानपुर १२ चैत । भरतपुरस्थित कोरोना विशेष अस्पतालले मकवानपुरको मनहरी निबासी २५ बर्षका युवकलाई स्वास्थ्य जाँचको लागि भर्ना गरेको छ ।

कोरोना भाइरसको संक्रमण भएको आशंकामा मकवानपुरको मनहरी स्वास्थ्यचौकीले आज बुधबार युवकलाई भरतपुर रिफर गरेको थियो ।

रिफर गरेपनि कोरोना संक्रमण भए नभएको जाँच गर्नुपूर्व डेंगु, मलेरियालगायत अन्य फ्लूको परिक्षण गरिनुपर्ने भन्दै कोरोना विशेष अस्पतालले उहाँलाई भर्ना गराएको
थिएन ।

पहिला भरतपुरस्थित सरकारी अस्पतालमा स्वास्थ्य जाँच गरेपछि मात्रै भर्ना लिने अडान लिएको कोरोना विशेष अस्पतालले अन्तत युवकलाई भर्ना गरेको छ ।
उहाँलाई कोरोनाको संक्रमण भए नभएको स्वास्थ्य परिक्षणपश्चात थाहा लाग्नेछ ।

युवक केही दिनअघि दुबईको शारजहाँ एयरपोर्टबाट नेपाल आउनुभएको थियो ।

उहाँ ७ गते मनहरी आइपुग्नु भएको हो ।

यो पनि पढ्नुहोस् ।

 


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*