मकवानपुरका एक युवकमा कोरोना संक्रमणको आशंका, भरतपुर रिफर गरियो
मकवानपुर १२ चैत । कोरोना संक्रमणको आशंकामा मकवानपुरको मनहरी गाउँपालिका निवासी १ जनालाई भरतपुरस्थित कोरोना विशेष अस्पतालमा रिफर गरिएको
छ ।
उच्च ज्वरो आएपछि मनहरी स्वास्थ्यचौकीमा जचाँउन आउनुभएका एक जना २५ बर्षका युवकलाई कारोना लागेको आशंकामा भतरपुरस्थित कोरोना विशेष अस्पतालमा आज बुधबार रिफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका बरिष्ठ जनस्वास्थ्य प्रशासक प्रणय कुमार उपाध्यायले तु खबरलाई जानकारी दिनुभयो ।
उहाँलाई कोरोनाको संक्रमण भए नभएको उहाँको स्वास्थ्य परिक्षणबाट थाहा लाग्नेछ ।
केहीदिन अघि फ्रान्सबाट कतार हुँदै नेपाल आउनुभएकी १९ बर्षकी किशोरीमा कोरोना पुष्टी भएको थियो । आज मनहरीबाट भरतपुर रिफर गरिएको युवक भने दुबईको शारजहाँ एयरपोर्टबाट नेपाल आउनुभएको थियो ।
युवक ७ गते मनहरी आइपुग्नु भएको हो । एक्कासी उच्च ज्वरो आएको कारण उहाँ मनहरी स्वास्थ्य चौकी स्वास्थ्य जाँच गर्नको लागि आउनुभएको थियो । स्वास्थ्य चौकीले उहाँलाई कोरोनाको संक्रमण भएको हुनसक्ने भन्दै भरतपुर रिफर गरेको जनाएको छ ।