कोरनाबारे भ्रम फैलाउने अडियो भाइरल, प्रहरी दोषी खोज्दै

२०७६ चैत्र ८,शनिबार ११:१८

मकवानपुर, ८ चैत । कोरोनाबारे एउटा अडियो अहिले समाजिक सञ्जालमा भइरल बनाइएको छ ।

एउटा महत्वपूर्ण न्यूज सुनाउन कल गरिएको भन्दै सामाजिक सञ्जालमा त्यस्तो अडियो भाइरल भएको छ । अडियोमा नर्भिक हस्पिटल पुल्चोकमा रहेको भनिएको छ । नर्भिक हस्पिटलमा काम गर्ने एक जना स्टाफबाट सूचना आएको भन्दै ९ जनामा चेकजाँच गर्दा ६ जनालाई कोरना लागिएको भनिएको छ ।

यस्तो समाचार मिडियामा नआउने र यो सूचना पनि फेक नभएको भन्दै अडियो भाइरल बनाइएको छ ।

यस्तो गलत अडियो प्रचारमा ल्याउनेमाथि प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । अनुसन्धानकार्य भइरहेको र यसरी अफवाह फैलाउनेमाथि कारवाही हुने प्रहरीले जनाएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*