गोली प्रहारबाट मकवानपुरका मोक्तान गम्भीर घाईते

file photo
तु खबर संवाददाता
२०७६ चैत्र ७,शुक्रबार १६:००

हेटौंडा, ७ चैत्र । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर ८ बस्ने लालबहादुर मोक्तान अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाईते हुनुभएको छ ।

शुक्रबार (आज) बिहान अज्ञात समुहको गोली प्रहारबाट स्थानीय ३० वर्षीय मोक्तान घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

गोली प्रहारबाट मोक्तानको छात्ती र हातमा चोट लागेको र उहाँलाई उपचारको लागि मनाङ एयरको हेलिकप्टरद्वारा काठमाण्डौतर्फ पठाईएको प्रहरीले जनाएको छ ।

घटनाको विषयमा थप अनुसन्धन भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी नायब उपरीक्षक टिकाबहादुर कार्कीले बताउनुभयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*