हेटौंडामा कोरोना सचेतना शिवर र स्वास्थ्य परीक्षण हुँदै

२०७६ चैत्र ३,सोमबार १८:४९

हेटौंडा, ३ चैत्र । उद्योग संघ मकवानपुरले हेटौंडामा नोभेल कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी जनचेतना मुलक शिविर गर्ने भएको छ ।

विश्वलाई नै आक्रान्त बनाइरहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन संघले सचेतना शिविरसहित निःशुल्क स्वास्थ्य परीक्षण पनि गर्ने भएको संघका अध्यक्ष लेखराज पोख्रेलले बताउनु भयो । संघले आज सोमबार आकस्मिक बैठक बसी यस्तो निर्णय गरेको हो ।

चैत्र ६,७ र ८ गते तीन दिनसम्म औद्योगिक प्रतिष्ठानमा आवद्ध कामदार, कर्मचारी, तीनका आफन्त तथा स्थानीयलाई शिविरमा आमन्त्रण गरिएको छ । शंकास्पद बिरामीको नमुना परीक्षण पनि संघले नै गर्ने भएको जनाइएको छ ।

हेटौंडा–९ स्थित औद्योगिक क्षेत्रको सभाहलमा शिविर हुन लागेको अध्यक्ष पोख्रेलले बताउनु भयो । शिविरमा साबुन पानीले हात धुन सिकाउने, सेनिटाइजर प्रयोग गर्न सिकाउने, मास्क प्रयोग गर्न सिकाउने तथा चिकित्सकीय परामर्श दिइने अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*