मउवा संघद्वारा सहरी स्वास्थ्य केन्द्रलाई ५ सय थान मास्क वितरण

२०७६ चैत्र २,आईतवार १८:००

हेटौंडा, २ चैत्र । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडा–१७ स्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रलाई ५ सय थान मास्क निःशुल्क सहयोग गरेको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्नको लागि मउवा संघले एक हप्तादेखि नगरभित्र विभिन्न निकायमा मास्क वितरण गर्दै आएको छ । हेटौंडा अस्पतालबाट मास्क वितरण अभियान सुरु गरेको मउवा संघले हालसम्म २ हजार थान मास्क वितरण गरिसकेको संघका सचिव सन्तोष अर्यालले बताउनु भयो ।

हेटौंडा–१७ का वडाध्यक्ष भैरव राईको प्रमुख आतिथ्यता तथा मउवा संघका कार्यबाहक अध्यक्ष माधव न्यौपानेको सभाध्यक्षतामा मास्क वितरण कार्यक्रम गरिएको हो । संघले हरेक दिन मास्क वितरण गर्दै आएको सचिव अर्यालले बताउनु भयो ।

कार्यक्रममा वडा सदस्य टिका प्रसाद तिमल्सिना, स्वास्थ्य केन्द्र प्रमुख चन्द्रशेखर ठाकुर, उपाध्यक्ष रामप्रसाद न्यौपाने, महासचिव प्रमोद सिंह रानाभाट, सचिव अर्याल, हेटौंडा उपमहानगरपालिकाका स्वास्थ्य वातावरण शाखा प्रमुख सुपेन्द्र कार्कीलगायतकाको उपस्थिति थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*