हिमेश पन्त कमेडी च्याम्पियनको विजेता

तु खबर संवाददाता
२०७६ चैत्र १,शनिबार १९:४६

काठमाडौं, ०१ चैत्र । धादिङका हिमेश पन्तले रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि जित्नु भएको छ । शनिबार काठमाडौंमा भएको ‘कमेडी च्याम्पियन’को फाइनलमा भोटिङका आधारमा हिमेश उत्कृष्ट घोषित हुनु भएको हो ।

वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले विजेता घोषणा गर्नु भएको थियो । विजेता बनेसँगै हिमेशले २५ लाख रुपैयाँ नगद र एउटा कार पाउनु भएको छ ।

यसअघि उहाँले ‘कमेडी सर्कल’ नामक प्लेटफर्ममा पनि नियमित स्ट्यान्डप–कमेडी गर्नु भएको थियो । हिमेश यसअघि नै युटुबबाट परिचित भइसक्नु भएको थियो । शोको फाइनलिस्टमा सुमन कोइराला र खड्गबहादुर पुनमगर पनि हुनुहुन्थ्यो ।

‘कमेडी च्याम्पियन’को निर्णायक मण्डलमा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा हुनुहुन्थ्यो । यो ‘कमेडी च्याम्पियन’ युवा माझ अत्यन्तै लोकप्रिय भएको रियालिटी शो कार्यक्रम हो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*