लोकदोहोरी गायक प्रकाश कटुवाललाई थुनामा राख्न अदालतको आदेश

तु खबर संवाददाता
२०७६ चैत्र १,शनिबार १३:१३

काठमाडौं, १ चैत्र । लोकदोहोरी गायक प्रकाश कटुवाललाई जिल्ला अदालत तनहुँले पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

तनहुँ डुम्रेका व्यवसायीमाथि कुटपिट गरेको आरोपमा पक्राउ पर्नुभएका कटुवाललाई जिल्ला अदालत तनहुँले शुक्रबार पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको हो ।

कटुवाल तनहुँको बन्दीपुर गाउँपालिका डुम्रेका होटल व्यवसायी लालकाजी गुरुङमाथि आक्रमण गरेको अरोपमा फागुन ५ गते पक्राउ पर्नुभएको थियो ।

गुरुङकी छोरी सोनीकाले गायक कटुवालविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएपछि कटुवाललाई प्रहरीले पक्राउ गरेको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*