नेपाली फिल्म ‘हजार जुनीसम्म’ भोलीदेखि भारतमा प्रदर्शन हुँदै

तु खबर संवाददाता
२०७६ फाल्गुन २९,बिहीबार १५:११

काठमाडौं, २९ फागुन । नेपालीे फिल्म ‘हजार जुनीसम्म’ छिमेकी मुलुक भारतमा पनि प्रदर्शनमा आउने भएको छ ।

स्वदेशमा सोचेजस्तो व्यवसाय गर्न नसकेको उक्त फिल्म भोली अर्थात शुक्रबारबाट भारतमा प्रदर्शनमा आउने भएको निर्देशक विकाशराज आचार्यले जानकारी दिनुभयो ।

प्रेमकथामा बनेको यो फिल्म भारतको दार्जिलिङ, कालिम्पुङ, सिक्किम र सिलगुडी प्रदर्शन हुन लागेको हो । त्यसपछि अन्य सहरमा पनि प्रदर्शन हुने निर्देशक आचार्यको भनाई रहेको छ ।

सिक्किमको विभिन्न स्थानमा छायाँकन भएको फिल्मले भारतमा राम्रो व्यापार गर्ने निर्देशक आचार्यको भनाई रहेको छ ।

उक्त फिल्म नेपालमा गत साउनको अन्तिम साता प्रदर्शनमा आएको थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*