एल्बम ल्याउँदै हेटौंडाका मिलन

२०७६ फाल्गुन २७,मंगलवार १९:४०

हेटौंडा, २७ फागुन । हेटौंडा–२ मानसचोकका मिलन ढकालले एल्बम ल्याउने तयारी गर्नु भएको छ ।

उहाँको पहिलो गीत रेकर्डिङ भएको ७ बर्ष पछि ढकालले एल्बम ल्याउन लाग्नु भएको हो । ‘ती हातका भाग्य’ बोलको गीत लेखेर संगीतको क्षेत्रमा पाइला चाल्नु भएका ढकालले केही दिन भित्रै एल्बम ल्याउने तयारी गर्नु भएको छ ।

हेटौंडा–२ स्थित सिद्धार्थ माविबाट प्रबेशिका उत्तीर्ण गर्नु भएका ढकालले हाल काठमाडौंको मण्डिखाटारमा फामर्स मार्टको व्यवसाय पनि गरिरहनु भएको छ ।

ढकालको ‘नरुनु थियो, रोईदियौ, सम्हाल्नु कसरी’, ‘पाउनुमात्र हैन रैछ जिन्दगी’ लगायतका गीत रेकर्डिङका क्रममा छन् । हेटौंडाका संगीतकार लक्ष्मण शेषको रेकर्डिङ स्टुडियोमा पहिलो गीत रेकर्डिङ गर्नु भएका ढकालको पहिलो गीत सरोज अधिकारीले स्वर दिनु भएको थियो ।

कैलाश राईको संगीत रहेको ढकालको पहिलो गीतलाई भिज्युअलाईज गर्ने तयारी पनि भइरहेको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*