सन्नी लियोनीलाई कोरोनाको डर, फ्यानसँग सेल्फी लिन अस्विकार

२०७६ फाल्गुन २५,आईतवार १०:४१

काठमाडौं, २५ फागुन । बलिउड नायिका सन्नी लियोनी विश्वलाई आक्रान्त बनाइरहेको कोरोना भाइरस (कोभिड–१९)देखि सजग हुनु भएको छ । सन्नीले आफ्ना फ्यानसँग सेल्फी लिन अस्विकार गर्नु भएको छ ।

एक कार्यक्रममा उपस्थिति हुनु भएकी सन्नीले कोरोना भाइरस संक्रमणको डरले फ्यानसँग सेल्फी लिन अस्विकार गर्नु भएको हो । अहिले सेल्फी लिन नमानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । कतिपयले सन्नीलाई घमण्डीको ट्याग दिँदै धेरैले उहाँलाई ट्रोल पनि बनाएका छन् ।

तर, सन्नीले आफू कोरोनाबाट सुरक्षित रहन सेल्फी लिनको लागि अस्विकार गरेको भन्दै बोल्नु भएको छ । उहाँले भन्नु भएको छ, ‘मलाई कोरोनाबाट संक्रमित हुनु छैन । त्यसैले मैले सेल्फी आस्विकार गरेको हुँ । नत्र मेरो फ्यानलाई मैले निराश बनाउने थिइन् ।’

सन्नीले आफू कोरोनाबाट सुरक्षित रहने प्रयास गरिरहेको भन्दै यस्तो भन्नुहुन्छ, ‘तपाईहरु पनि भिडभाडबाट टाढा रहनुस् ।’ सन्नीले नेपाली चलचित्रमा पनि काम गर्नु भएको छ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*