पर्यटकको मन लोभ्याउने मकवानपुरका यी गन्तव्य

तु खबर संवाददाता
२०७६ फाल्गुन २४,शनिबार १८:११
देशकै सबैभन्दा ठूलो कृतिम जलाशय, कुलेखानी । यो मकवानपुरकै प्रमुख पर्यटकीय गन्तव्य हो ।

हेटौंडा, २४ फागुन । मकवानपुर देशकै प्रमुख पर्यटकीय क्षेत्र मध्ये एक हो । मकवानपुरमा उल्लेख्य संख्यामा आन्तरिक तथा बाह्य पर्यटकको आउने गरेका छन् ।

मकवानपुरको विशेष गरी उत्तरी क्षेत्र थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिका आर्थिक गतिविधिको केन्द्र र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । केन्द्रीय राजधानी काठमाडौंसँग नजिक भएकाले पनि मकवानपुरको उत्तरी क्षेत्रलाई काठमाडौं आउने पर्यटकहरुलाई आकर्षित गर्न सक्ने उद्देश्यका साथ लिइएको छ ।

पर्यटकीय गन्तव्यको रुपमा परिचित उत्तरी क्षेत्र काठमाडौंको विकल्पको रुपमा अघि बढाउन थालिएको छ । मकवानपरमा ३० वटा स्थललाई पर्यकटीय क्षेत्र घोषणा गरिएको छ ।

मकवानपुरमा भ्रमणवर्ष–२०२० लक्षित महत्वपुर्ण ३० वटा पर्यटकीय गन्तव्यको निर्धारण गरिएको छ । जिल्लाका १० वटा स्थानीयतहबाट ३–३ वटाका दरले ३० वटा महत्वपुर्ण पर्यटकीय गन्तव्य तोकिएको हो । जिल्ला समन्वय समिति मकवानपुरले हरेक स्थानीयतहबाट ३ वटा पर्यटकीय गन्तव्यलाई भ्रमणवर्षका लागि छनौट गरेको हो ।

दामनको भ्युटावरबाट देखिएको थाहा नगरपालिकासहितको मनोरम दृश्य

इन्द्रसरोवर प्रदेशको पर्यटकीय गन्तव्य

बागमती प्रदेशको १३ वटा जिल्ला मध्येबाट उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा मकवानपुरको इन्द्रसरोवरलाई छनौट गरिएको छ । ‘एक प्रदेश एक पर्यटकीय गन्तव्य’का रुपमा इन्द्रसरोवरलाई बागमती प्रदेशको पर्यटकीय गन्तव्यका रुपमा अगाडि सारिएको हो ।

पर्यटकीय गन्तव्यका रुपमा छनौट भएसँगै इन्द्रसरोवर क्षेत्रको विकासको लागि प्रतिनिधिसभा सदस्य विरोध खतिवडाको पहलमा एक करोड रुपैयाँ बजेट छुट्याएको थियो । बागमती प्रदेश सरकारले पनि इन्द्रसरोवरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बजेट बिनियोजित गरेको छ ।

यसैगरी देशै भरिका एक सय ओटा पर्यटकीय क्षेत्र छनौट गर्दा मकवानपुरका तीन ओटा ठाउँलाई पनि छनौट गरिएको छ । मकवानपुरको दामन, मकवानपुरगढी र इन्द्रसरोवरको फाखेलमैत्री पार्कलाई छनौट गरिएको थियो ।

मकवानपुरको उत्तरी क्षेत्रस्थित भेडा फार्म ।

 

दामन, पालुङ, चित्लाङ

मकवानपुरको थाहा नगरपालिका अन्तर्गत पर्ने, सिमभन्ज्याङ, दामन, पालुङ, चित्लाङ, पर्यटकीय क्षेत्रका रुपमा परिचित छन् । यस क्षेत्रमा घुम्न आउने स्वदेशी र विदेशी पर्यटकहरुको संख्या उल्लेख्य रहेको छ ।

भ्रमण वर्षको सुरुवातमा थाहा नगरपालिका कार्यालय फूलमालाले पर्यटकलाई स्वागत गरेको थियो । काठमाडौंबाट चित्लाङ, पालुङ लगायतका ठाउँसम्म आइपुग्ने सडकको स्तरोन्नति र विकास गरिँदैछ ।

हेटौंडा चुरियामाई मन्दिरमा रहेको दक्षिण एसियाकै पहिलो सुरुङमार्ग ।

यस्ता छन् मकवानपुरका ३० पर्यटकीय क्षेत्रः

हेटौंडा उपमहानगरपालिका

१) सहिद स्मारक पार्क– वडा नम्बर ११
२) चुरीयामाई सुरुङ्ग तथा चुरीयामाई मन्दिर– वडा नम्बर १५
३) मुर्तिकला बगैचा– वडा नम्बर १८

थाहा नगरपालिका

१) दामन–सिमभञ्ज्याङ्ग – वडा नम्बर ३ र ४
२) चित्लाङ्ग– वडा नम्बर ९ र १०
३) राष्ट्रिय विभुती पार्क (मुलाबारी चौर) – वडा नम्बर ६, ११, १२

मनहरी गाउँपालिका

१) मनहरी पीश पार्क – वडा नम्बर ८ सिमपानी
२) रमौली जंगल सफारी– वडा नम्बर ७ रमौली
३) बनकरीया होमस्टे – वडा नम्बर ४ टवाङग्रा

मकवानपुरगढी गाउँपालिका

१) ऐतिहासिक मकवानपुरगढि दरवार क्षेत्र– वडा नम्बर २
२) मनकामना मन्दिर – वडा नम्बर ४
३) शहिद रुद्रबाटिका – वडा नम्बर ४

बकैया गाउँपालिका

१) गौतम बुद्ध पर्यटन पार्क – वडा नम्बर ६
२) धानेश्वर पार्क – वडा नम्बर ७
३) बकैया ठाकुर पर्यटन पार्क – वडा नम्बर १०

बागमती गाउँपालिका

१) शहिद स्मारक झुरझुरे – वडा नम्बर ४
२) गोल्मे दरवार क्षेत्र – वडा नम्बर ६
३) बेतीनी पिकनिक स्पोर्ट – वडा नम्बर ९

भिमफेदी गाउँपालिका

१) चिसापानी गढी – वडा नम्बर ६
२) हात्तिसार – वडा नम्बर ६
३) त्रि खण्डी मन्दिर – वडा नम्बर १

राक्सिराङ गाउँपालिका

१) पाईराङ्ग भिम्बुङ्ग पर्यटकीय स्थल – वडा नम्बर ९
२) जलपरी झरना चमेरे गुफा – वडा नम्बर ३
३) चेपाङ्ग संग्राहालय – वडा नम्बर ५

कैलाश गाउँपालिका

१) केलाश बैकुण्ठ – वडा नम्बर २
२) देखारी पर्यटक पार्क – वडा नम्बर ७
३) घैराङ पर्यटक पार्क – वडा नम्बर ९

ईन्द्रसरोवर गाउँपालिका

१) ईन्द्रसरोवर ताल र तालका अन्य क्षेत्रहरु – वडा नम्बर १,२
२) भालेश्वर मन्दिर (चन्द्रागिरी केवलकार) छावडाँडा – वडा नम्बर ५ फाखेल
३) मदन भण्डारी फाखेल मैत्रीपार्क चौकोट देवी मन्दिर – वडा नम्बर ४ फाखेल

मकवानपुरको उत्तरी क्षेत्रस्थित पर्यटकीय गाउँ ।

मकवानपुरगढी–४ मा रहेको मनकामना मन्दिर ।

मकवानपुरको पर्यटकीय क्षेत्र चित्लाङ ।

हेटौंडा–११ नवलपुरमा रहेको शहिद स्मारक ।

थाहा नगरपालिकाको सिम्भज्याङ बजार । यहाँ वर्षको एकपटक हिउँ पर्ने गरेको छ ।

देशकै सबैभन्दा ठूलो गढी, मकवानपरगढी । यो गढी पृथ्वी नारायण शाहको ससुराली थियो ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*