हेटौंडाका स्वर्गीय मोक्तानको स्मृतिमा प्रतिष्ठान

तु खबर संवाददाता
२०७६ फाल्गुन १९,सोमबार १०:३४

हेटौंडा, १९ फागुन । स्वर्गीय प्रित कुमार मोक्तानको स्मृतिमा प्रतिष्ठान गठन गरिएको छ । २०६० साल बैशाख ६ गते सशस्त्र संघर्षमा ज्यान गुमाउनु भएका मोक्तानको स्मरणमा आइतबार प्रतिष्ठान गठन गरिएको छ ।

मनहरी गाउँपालिका–१ चकरीस्थित मोक्तानकै घरमा आयोजित भेलाले हेटौंडा–१२ का वडाअध्यक्ष ललितकुमार घलानको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ । बागमती प्रदेश सभा सदस्य ओम घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सांसद घलानले प्रतिष्ठानमार्फत युवाहरुको क्षमता अभिवृद्धी गर्न शिक्षा, खेलकुद तथा युवा जगतलाई लक्षित गरि प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्वर्गीय मोक्तानका बुबा कृष्ण बहादुर मोक्तानको पनि उपस्थिती थियो । कार्यक्रमको सहजिकरण हेनिश मोक्तानले गर्नु भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*